दमौली: तनहुँको व्यास नगरपालिका -४ मा नव निर्माण सम्म भएको तनहुँ कालिका मन्दिरको उद्घाटन सम्पन्न भएको छ ।तनहुँ कालिका सहिद शान्ति पार्कमा निर्मित सो मन्दिरको प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले मंगलबार चैते दशैको अवसर पारेर उद्घाटन गरेका थिए । पुरानो कलात्मक प्यागोडा शैलीमा निर्माण गरिएको उक्त ३ तले मन्दिर ३ करोड लागतमा तयार भएको हो । कार्यक्रममा बोल्दै श्रेष्ठले धार्मिक पर्यटक प्रबर्द्धनका लागि कालिका मन्दिरले गण्डकी प्रदेशमा एउटा महत्वपूर्ण भूमिका खेल्ने कुरामा आफू बिश्वस्त रहेको बताए । श्रेष्ठले मन्दिर क्षेत्रको भौतिक पूर्वाधारको विकास तथा व्यवस्थापनका लागि संघीय सरकार संग आवश्य रकम विनियोजन समेत गराउने बताए। कालिका कार्यक्रममा गण्डकी प्रदेश संसद राम बहादुर गुरुङ्ग, जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले, तनहुँ उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, एकाई सभापति भूपाल आले,कालिका जंगल पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठ, दमौली खानेपानीका अध्यक्ष विर्खराज श्रेष्ठ, व्यास नगरपालिकाका प्रथम मेयर ताराप्रसाद श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।