व्यास नगर विकास समितिमा मिश्रको मनोनयन

  • ख-
  • ख+

दमौली: व्यास नगर विकास समितिको सदस्य पदमा तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्र मनोनित भएका छन् ।

मंगलबार बसेको व्यास नगर कार्यपालिका बैठकले मिश्रलाई समितिको रिक्त सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मिश्र यस अघि १६ औं महाधिवेशनमा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष प्रत्यासी थिए ।बैठकले विभिन्न थप निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी