‘व्यासमा अहिल्यै विद्यालय बन्द हुँदैन’

  • ख-
  • ख+

दमौलीः सरकारले सहरी क्षेत्रमा वैशाखभर अनलाईन कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि व्यास नगरपालिकाका हकमा भने त्यो लागू नहुने देखिएको छ ।


मन्त्रीपरिषदको सोमबारको बैठकले यस अघि सिफारिस भएका जोखिमयुक्त सहरका अलावा अन्य ४० स्थानीय तहका विद्यालय एक महिना बन्द गर्ने निर्णय गरेको छ ।
शुरुमा सहरी क्षेत्रमा विद्यालय बन्द हुने मात्र चर्चा चले पनि पछि सरकारले ४० तहका नाम सार्वजनिक समेत गरेको छ ।


सरकारको सूचीमा समेत नपरेको र तत्काल जोखिम धेरै नदेखिएको भन्दै व्यास नगरपालिकाले सतर्कतापूर्वक विद्यालयको पठनपाठन जारी राख्ने तयारी गरेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले तत्काल विद्यालय बन्द गर्ने योजना नभएको बताए । ‘तत्काल विद्यालय बन्द गर्ने योजना छैन,’ उनले भने ।


मंगलबार नगर कार्यपालिकाको बैठक बस्दैछ । सोही बैठकमा यसबारे छलफल हुने सूची रहे पनि विद्यालय बन्द गर्ने मुडमा नगरपालिका देखिन्न । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले भने,‘नगर कार्यपालिकामा यस विषयमा छलफल हुन सक्छ । तर तत्काल विद्यालय बन्द गर्ने योजना हाम्रो छैन ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी