गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

  • ख-
  • ख+

पोखरा, वैशाख ६ : गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन्।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले दिएको समावेदनका आधारमा वैशाख १३ गते दिउँसो २ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन्।

यस अधिवेशनले सरकारविरुद्धको अविश्वास प्रस्ताव पेस गर्न विपक्षीलाई मौका दिनेछ । तर सरकार जोगाउने अन्तिम कसरतमा प्रतिरक्षा गर्ने अवसर पनि सरकारले पाउनेछ । अहिलेसम्म विपक्षी मोर्चाको तयारी हेर्दा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एक समयमा शक्तिशाली प्रदेश सरकार यसपाली अस्तित्व रक्षाको अन्तिम मोर्चामा हुनेछ ।


राष्ट्रिय जनमोर्चा केन्द्रले अविस्वासको प्रस्तावमा सघाउन निर्देशन दिए पनि स्थानीयस्तरमा जनमोर्चाले खुलेर साथ नदिंदा विपक्षी मोर्चा बाटो सहज पार्ने दौडमा छ ।
कांग्रेस नेतृत्वको मोर्चाले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी