तनहुँसुरको पर्यटकीय विकासका लागि १० वर्षे गुरुयोजना तयार

  • ख-
  • ख+

दमौलीः तनहुँसुर पर्यटकीय विकास गुरुयोजना तयार पारिएको छ ।


भानु शान्ति निकुञ्ज पार्कको सक्रियतामा तयार गुरुयोजनाले तनहुँसुरसँगै भानु जन्मस्थल, व्यास जन्मभूमि दमौली र बन्दीपुर यसलाई जोडेर पर्यटकीय विकासमा जोड दिएको छ ।
१० वर्षको अवधिलाई आधार मानेर गर्न सकिने भैतिक, आर्थिक, सांस्कृतिक र पर्यटकीय विकासका विषय गुरुयोजनाले समेटेको छ ।


विश्व सम्पदा दिवस तथा तनहुँसुर वातावरण मेलाका अवसरमा गुरुयोजना तयारी समितिका सदस्य संविधान सभासद रामचन्द्र पोखरेलले योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङलाई हस्तान्तरण गरे ।


डा. दिलबहादुर गुरुङले सो योजना कार्यान्वयनका लागि व्यास नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेलाई हस्तान्तरण गरे ।


राष्ट्रिय सभा सदस्य प्रकाश पन्थको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल, प्रदेश सभा सदस्य डोबाटे विक, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, पुरातत्व विभागकी तनहुँको ऐतिहासिक सम्पदा अध्येता मञ्जु भण्डारीलगायतले गुरुयोजना यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण हुने बताएको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी