गण्डकी प्रदेश सरकारको निर्णयः चैते दशैं र ल्होसारमा बिदा

  • ख-
  • ख+

पोखराः चैते दशैंमा गण्डकी प्रदेशमा बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना निकाल्दै चैत्र ७ गते परेको पर्वका क्रममा बिदा दिने निर्णय गरेको हो ।


यस्तो निर्णय चैत्र १७ गतेको मन्त्रिपरिषद बैठकले गरेको राजपत्रमा उल्लेख गरिएको छ । यस क्षेत्रमा चैते दशैं एक मुख्य चाडका रुपमा रहँदै आएको छ ।


यसैगरी सोही सूचनामा ईद, पुष १५ गते तमु ल्होसार, माघ १९ गते सोनाम र ग्याल्पो ल्होसारमा पनि बिदा दिइने उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्