पोखरा म्याराथनमा दुम्सीचौरकी किशोरी नम्रता विजेता

  • ख-
  • ख+

दमौलीः १५ औं संस्करणको पोखरा म्याराथन अन्तर्गत पोखरामा शनिबार सम्पन्न ५ किलोमिटर छात्रातर्फको दौडमा तनहुँकी छात्रा नम्रता गुरुङ विजेता भएकी छन् ।


भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सम्पन्न दौडमा २८ मिनेट १०.१ सेकेण्डमा दुम्सीचौरस्थित भानु माविकी नम्रताले दूरी पुरा गरेकी थिइन् । दुवैलै दौड जिते सँगै उनले नगद १० हजार रुपैयाँका साथमा मेडल, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे ।


छात्रतर्फ ज्ञान ज्योती इङलिस बोर्डिङ स्कूल माछापुच्छ्रे लाहाचोकमा अध्ययनरत कास्कीका बिबेक परियारले विजेता भएका हु्न् । उनले उक्त दौड २१ मिनेट ५२.३० सेकेण्डमा पुरा गरेका थिए ।
नम्रता यस अघि पनि व्यास महिला म्याराथनमा पाँचौं भएकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी