एमाले समानान्तर समूहको भानुमा कमिटी

  • ख-
  • ख+

दमौलीः नेकपा एमालेको माधव नेपाल निकट समानान्तर भानु नगर भेलाले ऋषिराम पन्तको अध्यक्षतामा भानु नगर कमिटी गठन गरेको छ । भेलाबाट सचिवमा गोविन्द अधिकारी चयन भएका छन् ।


पार्टी केन्द्रीय सदस्य एवं जिल्ला ईञ्चार्ज प्रतापलाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको भेलाबाट एक सय एक सदस्यीय नगर कमिटी घोषणा गरिएको छ ।


कार्यक्रममा समूहका जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ, एमाले केन्द्रीय लेखा आयोग सदस्य विद्या ढकाल, समूहका जिल्ला सचिव श्रीराम कार्कीलगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी