वनकी चरि सार्वजनिक (भिडियो)

  • ख-
  • ख+

दमौली: मौलिक लोक लयमा सिर्जना गरिएको “बन चरिलाई काफलु दाना” बोलको गित सार्वजनिक भएको छ । लोक तथा दोहोरी गायक याम सागर विकले बजारमा ल्याएको गित दर्शक र स्रोताहरुले समेत मन पराउन थालेका छन् ।

गायक विक आफैले सिर्जना गरेको गितमाउनी सँगै पछिल्लो समयकी चर्चित गायिका मेनुका परियारको आवाज सुन्न सकिन्छ ।

मौलिक शब्दहरुलाई समेटेर तयार पारिएको गितको संगित पक्षले स्रोताको मन जित्न सफल भएको हो । सर्जक विकले कोरोना महामारी कम भएसँगै हुने मेला महोत्सवमा गाउन थालेपछि गितले थप चर्चा पाउने विस्वास लिएका छन् । नृत्य गर्न मिल्ने गरि सिर्जना गरिएको गितको म्युजिक भिडियो समेत तयार पारिएको छ ।

तनहुँका विभिन्न रमणीय स्थानमा छायाङ्क नगरि निर्माण गरिएको म्युजिक भिडियोमा करिश्मा ढकाल, सरद एलजी, प्रतिक सिं र सिवानी परियारको अभियन देख्न सकिन्छ ।

लामो अन्तराल पछि गित सार्वजनिक गरेका गायक विकले “ बन चरि” मार्फत धेरै अपेक्षा गरेका बताउछन् । दर्शक र स्रोतामा मात्र नभई यो गित अहिले युट्युव तथा टिकटकमा समेत चर्चा बटुल्न थालेको छ ।

भिडियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी