तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः कांग्रेसको आधिकारिक समर्थन पबिन्द्रलाई

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस नेतृत्वले तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनमा अध्यक्ष पदका लागि पबिन्द्रकुमार श्रेष्ठलाई सघाउने निर्णय गरेको छ ।

आफूनिकट दुवैजना चुनावी मैदानमा जाने अवस्था देखिएको भन्दै उम्मेदवारी फिर्ताको अन्तिम दिनसम्म पहल गरेको बताएको नेतृत्वद्वारा गठित हाईकमाण्डले श्रेष्ठलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो । हाईकमाण्डका एक सदस्य एवं कांग्रेस व्यास नगर सभापति शान्तिरमण वाग्लेले अर्का प्रत्यासी बैकुण्ठनाथ मिश्रलाई आगामी कार्यकालको अध्यक्षका लागि सहमति गराउने प्रयास गरे पनि सफल नभएको बताए ।

‘आगामी कार्यकालका लागि उहाँलाई नेतृत्वमा सघाउने सहमति गराउने प्रयास भएको हो,’ उनले भने,‘तर सहमत गराउन नसकेपछि आधिकारिक उम्मेदवार तय गरेका हौं ।’


समितिमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ तथा संघका पूर्व जिल्ला अध्यक्ष कृष्णराज पण्डित सदस्य रहेको हाईकमाण्डको बैठकले निर्णय गरेको हो । तर निर्णयमा असहमत हाईकमाण्डका सदस्य पण्डित निर्णयका बेला भने बैठकमा अनुपस्थित रहे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी