गण्डकीमा कोरोनाबाट ज्यान गुमाउने १९ पुगे

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । गोरखा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकी एक वृद्धामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको पाइएको हो ।

गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट नविन थापाले शनिबार निधन भएकी गोरखा धारापानी निवासी ७५ वर्षिया वृद्धाको कन्ट्याक्ट ट्रेसिङका आधारमा लिइएको पीसीआर नमूना पोजेटिभ आएको आईतबार पुष्टि गरे ।


उनमा ब्रेन ह्यामरेजको समस्या रहेको बताइएको छ ।


प्रदेशमा यस अघि तनहुँका मात्र तीन जनाको संक्रमणका कारण ज्यान गैसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी