प्रदेस प्रहरी प्रमुखमा कोरोना संक्रमण

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कन्ट्याक्ट ट्रेसिङका आधारमा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशक डा. विनोदबिन्दु शर्माले भने,‘उहाँमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा संक्रमण भेटियो ।’


नेपाल प्रहरीको सशस्त्र गणका प्रहरीमा संक्रमण भेटिए पछि कन्ट्याक्ट ट्रेसिङका क्रममा डिआईजी अर्यालसहितको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।


गणका प्रहरीमा संक्रमण देखिएपछि हालै गरिएको एक कार्यक्रममा सहभागी व्यक्तिहरुको परीक्षण गरिएको थियो ।

संक्रमण भेटिए पनि डिआईजी अर्यालमा कुनै लक्षण नदेखिएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी