कोरोना संक्रमणः तनहुँमा ७ सहित गण्डकीमा ६९ थपिए

  • ख-
  • ख+

दमौलीःआईतबार गण्डकी प्रदेशमा ६९ संक्रमित थपिएका छन् । नयाँ संक्रमितमा तनहुँका सात जना छन् । बन्दीपुर ५ का ५० वर्षका पुरुष, भानु १३ का ३७ वर्षका पुरुष र २३ वर्षिया महिलामा नयाँ संक्रमण देखिएको छ ।


यसैगरी व्यास २ की ४२ वर्षिया महिला साथै शुक्लागण्डकीका ८,३ र ११ वडाका २४,७६ र ४५ वर्षका पुरुषमा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


स्याङजामा सबैभन्दा धरै २२ र कास्कीमा २० मा नयाँ संक्रमण भेटिएको छ । गोरखाका २ र लमजुङका थप दुईमा संक्रमण भेटिएको छ । पोखराको पार्कल्याण्ड अस्पतालका दुई स्टाफ नर्समा पनि संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी