मोई समुहको भवन उदघाटन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

ऋषिङ्ग: तनहुँ जिल्ला ऋषिङ्ग गाउँपालिका वडा नं ८ पल्ट्याङ स्थित मनकामना मोई समुहको नयाँ बर्षको शुभकामना तथा भवन उदघाटन कार्यक्रम सम्पन्न भएको छ । समुहका अध्यक्ष शोभा थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम नेपाली कांग्रेसका क्षेत्रीय सभापती तथा ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले एक कार्यक्रमका बिच उदघाटन गरेका छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले स्थानिय स्तरबाट नै भएका यस्ता कार्यक्रम स्वागतयोग्य रहेको भन्दै गाउँपालिका यस्ता कार्यको उत्प्रेरणा जगाउने अभिप्रायले लाग्ने बताए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाल तरुण दलका क्षेत्रीय सभापती दान बहादुर श्रेष्ठले नयाँ बर्षको शुभकामना ब्यक्त गर्दै स्थानिय स्तरबाटै भएका यस्ता कार्यले आम जनसमुदायमा उत्प्रेरणा थपेको बताउँदै भवन निर्माणको चरणमा भएको खर्च परिपुर्ती हुनेगरि रु ५,०००/- सहयोग गरेका थिए । भवन निर्माण गर्ने आमा समुहको लागि कार्यक्रममा शिक्षक संघ ऋषिङ्गका सभापती महेन्द्र कुमार श्रेष्ठले रु ५,०००/- प्रदान गर्दै नयाँ बर्षको शुभकामना सहित कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रममा नेपालि कांग्रेसका आमन्त्रीत क्षेत्रीय सदस्य सुरज कुमार श्रेष्ठ, नेपाल शिक्षक संघ ऋषिङ्गका सभापती महेन्द्र कुमार श्रेष्ठ, न्यायिक समिती सदस्य भरत कुमार श्रेष्ठ, ऋषिङ्ग गाउँपालिकाका कार्यपालिका सदस्यहरु बिष्णुमाया थापा,यमुना श्रेष्ठ लगायतले शुभकामना राखेका थिए । नेपाल तरुण दल ऋषिङ्ग-८ का सभापती अनुप थापाले संचालन गरेको कार्यक्रममा स्थानिय समाजसेवी तेज बहादुर थापाले स्वागत मन्तब्य दिएका थिए ।स्थानिय महिलाहरुको नेतृत्वमा रु ६,००,०००/- छ लाख रुपैंया सहित स्थानिय स्तरबाट नै निर्माण गरिएको उक्त भवनको लागि स्थानिय युवाहरुले समेत सहयोग गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी