दौडको दृश्य खिच्दा सम्पादक पौडेलमाथि सैनिक दुव्र्यवहार, दृश्य मेटाइयो

  • ख-
  • ख+

दमौली: सैनिक दौडिरहेको दृश्य खिच्ने क्रममा व्यास ५ चापाघाट तनहुँस्थित नेपाली सेनाको कालीभञ्जन गणका क्याप्टेन विजय थापाले तनहुँ टेलिभिजन र दमौली न्यूज डट कमका सम्पादक पवन पौडेलमाथि दुव्र्यवहार गरेका छन् ।
दमौली भेट्घाट चोकस्थित सार्वजनिक सडकमा ट्रयाक सुट लगाएर दौडिरहेको दृश्य खिचेका
आफूमाथि उनले एक्कासी पौडेलको क्यामेरा खोसेर दृश्य हटाउनुका साथै दुव्र्यवहार गरेको पौडेलले बताए ।

विहान पौने ७ बजे भएको घटनामा क्याप्टेन थापाले फोटो र भिडियो खिच्न पाईंदैन भन्दै एक्कासी क्यामेरा थुतेर दृश्य मेटाएको पौडेलको भनाई छ । घटनाको नेपाल प्रेस युनियन तनहुँले निन्दा गरेको छ ।

युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीद्वारा जारी विज्ञप्तिमा सञ्चार जगत समेतको सक्रिय सहभागीतामा देशमा लोकतन्त्र अभ्यासमा रहेका बेला यसरी सार्वजनिक स्थलमा रिपोर्टिङकै क्रममा पत्रकारमाथि हुने दुव्र्यवहारले लोकतन्त्रलाई नै गिज्याएको उल्लेख गरिएको छ ।

यस्ता घटनाले लोकतन्त्र र कानूनी शासनको उपहास गर्दै निरंकुशतालाई बढावा दिने र प्रेस स्वतन्त्रतालाई झनै अंकुशमा पार्ने युनियनले ठहर गरेको छ । विज्ञप्तिमा नेपालको संविधानमा मौलिक हक अन्र्तगत प्रस्तावनामै उल्लेखित पूर्ण प्रेस स्वतन्तत्रतालाई खिल्ली उडाउँदै घटाइएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो भन्ने हाम्रो ठहर छ ।


विज्ञप्तिमा यस घटनामा संलग्न सैनिक अधिकारीमाथि तत्काल कानूनी कारवाही गर्न र विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको उपहासका घटना नदोहो¥याउन माग गरिएको छ ।
गणका गणपति विनोद गुरुङले क्याप्टेन थापाबाट गल्ती भएको स्विकार गरे । ‘नियत खराब होइन,’ उनले भने,‘तर गल्ती भएकाले क्षमायाचना गर्दछौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी