मौसम अनुमानः गण्डकी राती भारी वर्षा

  • ख-
  • ख+

पोखरा: अहिले प्रदेश १, २ र वाग्मती तथा गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशको एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।  

सोम र मंगलबारको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ । अबको २, ३ दिन लगातार ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने छैन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी