मृगौला फेल भएका रानालाई बेलायत र मलेसियाबाट सहयोग

  • ख-
  • ख+

सुमन श्रेष्ठ

दमौलीः मृगौला फेल भएर उपचारको पर्खाइमा रहेका व्यास १४ केशवटार निवासी सन्तोष रानालाई सघाउने सुभेच्छुक बढेका छन् । मलेसिया तथा बेलायतमा रहेका सुभेच्छुकले उनको उपचारका लागि आर्थिक सहयोग पठाएका छन् ।


तनहुँ, पोखरा घर भइ हाल बेलायतमा बसोबास गर्दै आइरहेकाहरुबाट ६१ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । सन्तोषका पिता जगत रानालाई पोखरामा बेलायतबासीको तर्फबाट संकलित ६१ हजार रुपैयाँ हस्तान्तरण गरियो ।


तोमाया आले रु २४ हजार ४ सय ८० रुपैयाँ, धनु थापा रु २२ हजार ९ सय ५० रुपैया , सुकु थापा रु ९ हजार १ सय ८० रुपैया , प्रीति थापा रु ४ हजार ५ सय ९० रुपैया जम्मा रकम रु ६१ हजार २ सय रुपैया बिरामी सन्तोषको बुबा जगत रानालाई पोखरामा हस्तान्तरण गरेको छ ।


वडाध्यक्ष श्रेष्ठबाट २० हजार
रानाका लागि मलेसियामा कार्यरत रिखबहादुर थापा, शेरबहादुर राना, राम राई, सोनाम श्रेष्ठ, हरिबहादुर राना, सुरज गुरुङ, तेजनारायण यादव, अमृत परियार र अशोककुमार यादवबाट संकलित १७ हजार र आफ्ना तर्फबाट २० हजार गरी ३७ हजार हस्तान्तरण गरेको वडाध्यक्ष काजिमान श्रेष्ठले जानकारी दिए ।


उनको उपचारका लागि सहयोग उपलब्ध गराईदिन सहयोग समितिले देश तथा विदेशमा रहेका सुभेच्छुकलाई अनुरोध गरेका छन् । हाल अमेरिका बस्दै आएका गायक एवं स्थानीय भीम थापाले सन्तोषको उपचारका लागि सघाइदिन सबैसँग आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी