बेलभञ्ज्याङमा डरलाग्दो दुर्घटनाः गम्भीर घाइते चालकको ज्यान गयो (तस्बिरहरु)

  • ख-
  • ख+

दमौलीः बसको ठक्करबाट बेलभञ्ज्याङमा घाइते भएका एक मोटरसाईकल चालकको उपचारका क्रममा ज्यान गएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै ग १ ख ९५२४ नम्बरको बस र विपरित दिशाबाट दमौली आउँदै गरेको बाग्मती एएए ०३०६ नम्बरको मोटरसाईकल ठोकिंदा मोटरसाईकल घाइते चालक सिन्धुपाल्चोक फुल्पिङ डाँडा ७ निवासी ३८ वर्षका सन्तोष कार्कीको ज्यान गएको छ ।


उपचारका लागि दमौलीको रत्नहरि अस्पताल ल्याइएकामा साँझ सवा ६ बजे निधन भएको प्रहरीले जनाएको छ ।

व्यस्त सडकको घुम्तिनजिकै भएको दुर्घटनाका कारण केहीबेर सडकमा यातायात आगमन अवरुद्ध भएको थियो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी