
दमौलीः व्यास नगरपालिकाले मादी नदीबाट लुकिछिपि बालुवा लोड गर्ने एक ट्याक्टरलाई आठ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
आईतबार राती व्यास न.पा.वडा नं. ६ स्थित मादी नदी किनारबाट अवैध रूपमा ढुङ्गा तथा गिट्टी लोड गर्दै गरेको अवस्थामा भेटिएको ना ७ त १११७ नं. को ट्याक्टरलाई प्रहरी चौकी सिसाघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
व्यास नगरपालिकालाई बुझाइएको ट्याक्टरलाई नगरपालिकाले जरिवाना गराएर छाडेको नगरपालिकाले जनाएको छ ।