नक्कली देखाएर सक्कली सुन लुट्ने गिरोह पक्राउ

  • ख-
  • ख+

दमौलीः नक्कली सुन देखाएर विभिन्न बहानामा सुन लुट्ने काममा संलग्न एक गिरोहलाई तनहुँ प्रहरीले पक्रेको छ ।


दमौलीको ट्राफिक चोकमा आएका बेला चाइना पुलसम्म पु¥याएर म्याग्दे गाउँपालिका वडा नम्बर १ धरादी निवासी ६४ वर्षिया सेतीमाया राना मगरका साथबाट सुन लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्रेको हो ।


आईतबार दिउँसो भएको घटनामा रानाले कानमा लगाएको डेढ तोलाको एउटा बेरुवा रिङ, घाँटीमा लगाएको सात लालको सुनको तिलहरी र साथमा रहेको नगद सहित जम्मा एक लाख ५८ हजार एक सय ५० रुपैयाँ बराबरको लुटपाट भएको थियो ।

ठगीको आरोपमा पक्राउ पर्नेमा धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवा निवासी ३९ वर्षका सम्शेर सुनार र धादिङ सेरतुङ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २६ बुढीबजार निवासी ४४ वर्षका प्रेम तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।
उनीहरुलाई ठगी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी