दमौलीका चुनावका ‘किङमेकर’ कविराज भन्छन्,‘अरुको पार्टीमा खेल्न मज्जा’

  • ख-
  • ख+

पवन पौडेल
दमौलीः
‘कांग्रेसको गढ ऋषिङ’का ‘खरा एमाले’ कार्यकर्ता हुन्, उनी । पारिवारिक विरासत धानेका भए सायद उनी कांग्रेसका नेता हुने थिए । तर जन्मजात विद्रोही उनको स्वभावले चलिआएको परम्परा धान्न दिएन । सानैदेखि अखिलको विद्यार्थी उनी बेलाबखत राजनैतिक द्वन्द्वमा परिरहन्थे ।

कांग्रेसको दबदबा भएका कारण ऋषिङमा उनलाई राजनैतिक हिसाबले अघि बढ्न सहज त थिएन । तर चुनावी खेलाडी भने बनाइदियो । सायद त्यसैको परिणम हुन सक्छ दमौलीमा केही समययता उनी ‘चुनावी रणनीतिकार’का रुपमा चिनिएका छन् ।

कांग्रेसको दबदबा भएका कारण ऋषिङमा उनलाई राजनैतिक हिसाबले अघि बढ्न सहज त थिएन । तर चुनावी खेलाडी भने बनाइदियो ।

आलोचना गर्नेहरु ‘मानिस उचाल्ने र पछार्ने काममा पोख्त’ पनि भन्छन्, उनलाई । तर कविराज यो आलोचनालाई सहजै पचाउँछन् । ‘मेरो काम कुनै पनि पार्टीले नच्यापेका व्यक्तिलाई समात्नु हो,’ सफासडकस्थित आफ्नै पसलमा आईतबार दिउँसो दमौली न्यूजसँगको कुराकानीमा खुलेका उनी भन्छन्,‘त्यस्ता व्यक्तिलाई सहयोग गर्दा जिते पनि फाइदा हारे पनि फाइदा ।’

आफ्ना उम्मेदवार जिताउन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको मतदानका क्रममा शनिबार सक्रिय कविराज ।
तस्बिरः दमौली न्यूज


बजार एकाईको चुनावसँग कविराजको साइनो
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिको वर्तमान सभापतिमा विजयी भुपाल आलेलाई द¥याउनमा उनकै हात छ, भनिन्छ । ‘उहाँको उठ्ने सोच त थियो,’ उनले भने,‘तर आँट भने गर्न सक्नुभएको थिएन ।’ कविराजले आखिर त्यो आँट कसरी भरिदिए त? भन्छन्,‘मैले सामाजिक सञ्जालमा उहाँको फोटोसहित पोष्ट गरिदिएपछि पाएको प्रतिक्रियाले उहाँलाई अघि बढ्न सजिलो भयो ।’

कविराजले आखिर त्यो आँट कसरी भरिदिए त? भन्छन्,‘मैले सामाजिक सञ्जालमा उहाँको फोटोसहित पोष्ट गरिदिएपछि पाएको प्रतिक्रियाले उहाँलाई अघि बढ्न सजिलो भयो ।’

उसो त सामाजिक सञ्जालमा लेख्ने मात्र होइन, चुनाव जिताउन पनि उनले खेलेको भूमिका बजारसामु छर्लङ्ग छ । ‘उठाए पछि त जिताउनु पनि प¥यो नि!’ उनी भन्छन् । हुन पनि बजार एकाईको चुनावमा भुपालका पक्षमा माहोल तयार पार्न उनी खुलेर पनि लागेका थिए ।


यो पहिलो पटक होइन । गत नवौं अधिवेशनमा उनले बिन्दुलाल श्रेष्ठलाई उही फेसबुकमा लेखेरै कोषाध्यक्षमा द¥याउने काम मात्र गरेनन्, सफल पनि बनाए । तर यसपाली उनै बिन्दुलाई भने नसघाएर अर्का उम्मेदवार समाते ।

नेकपा एमालेका युवा नेता उनी जनवर्गीय संगठनमा पनि छन् । उनले हालसम्म खेल्ने राजनैतिक खेल भने आफ्नो पार्टीभित्र नभै अरुको पार्टीमा बढी पाइन्छ ।


अरुको पार्टीमा खेल्न मज्जा
नेकपा एमालेका युवा नेता उनी जनवर्गीय संगठनमा पनि छन् । उनले हालसम्म खेल्ने राजनैतिक खेल भने आफ्नो पार्टीभित्र नभै अरुको पार्टीमा बढी पाइन्छ । तत्कालीन रुपमा एमाले नेता शंकरनारायण श्रेष्ठनिकट मानिने उनी हाल कृष्णकुमार श्रेष्ठ ‘किसान’निकट छन् ।

आफ्नो दलमाचाहिं किन खेल्नुहुन्न त? उनी भन्छन्,‘आफ्नो भन्दा अरुको पार्टीमा खेल्न मज्जा हुन्छ । कसैले नच्यापेकालाई अघि बढाउँदा जिते पनि हारे पनि सफल भइन्छ ।’


आलोचना गर्नेहरु ‘मानिस उचाल्ने र पछार्ने काममा पोख्त’ पनि भन्छन्, उनलाई । तर कविराज यो आलोचनालाई सहजै पचाउँछन् ।

किङमेकर कविराज
कविराजले चुनावी तिकडम थालेको लामै समय भैसक्यो । उनले चुनावमा आफ्नो गुट बलियो पार्ने र खेल्न थालेको अखिलको नेता हुँदा क्षेत्र नम्बर १ का नेताविरुद्ध २ र ३ का नेता मिलाएर श्रीप्रसाद श्रेष्ठलाई अध्यक्ष र विष्णुभक्त सिग्देललाई सचिव बनाउन आफ्नो मुख्य भूमिका रहेको बताउँछन्, उनी ।

अरुलाई भिडाउन तयार कविराज आफैं पनि बेलाबखत चुनाव भिडेका छन् । त्यसमा भने उनलाई अरुको चुनावमा जस्तो सधैं सफलता भने हात लागेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्