मुग्लिन पुलबाट ४ सय ३६ थान लागूऔषधसहित युवक पक्राउ

  • ख-
  • ख+

आँबुखैरेनीः तनहुँ प्रहरीले गण्डकी प्रदेश प्रवेश गर्ने नाका तनहुँको मुग्लिन पुलजीपबाट ठूलो मात्रामा लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।


पैदलयात्रा गरिरहेका चितवन शिवनगर नगरपालिका १४ निवासी ३२ वर्षका हरि परियारको झोलाबाट लागूऔषध फेनारागन एक सय ४४ थान, डाईजापाम एक सय ४४ थान र नुर्फिन एक सय ४४ थान गरी कुल चार सय ३२ थान लागूऔषध सहित ती युवकलाई पक्रिएको प्रहरीेले जनाएको छ ।

उनको गतिविधि शंकास्पद लागेकाले गरिएको चेकजाँचका क्रममा लागूऔषध बराबद गरिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी