दमौली बजार एकाई अधिवेशन : ८ सय ३५ मत खस्यो, साँझ मतगणना

  • ख-
  • ख+

दमौली:तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइ समितिको नयाँ नेतृत्व नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । मध्यान्ह १२ बजेबाट शुरु मतदान कार्य साँझ साढे ५ बजे सम्म चलेको थियो ।

मतदानका क्रममा एकाइका नवीकरण गराएका १०८५ मतदातामध्ये आठ सय ३५ ले मतदान प्रक्रियामा सहभागिता जनाएका छन् ।

अब शनिबार सम्पन्न मतदानको मतगणना कार्य केही समयपछि सुरु गर्ने निर्वाचन समितिले तयारी गरेको छ। विगतका तुलनामा फरक यसपालि बजार एकाइको नेतृत्वका लागि चार जना आकांक्षी चुनावी दौडमा उत्रिएका छन् ।

एकाइको नयाँ नेतृत्वका लागि शुकनारायण मल्ल, दधिराज घिमिरे, भूपाल आले र विन्दुकुमार श्रेष्ठ मैदानमा उत्रिएका छन् ।यसैगरी सदस्यमा आकांक्षी बढी भएका कारण मतगणनाको नतिजा आउन समय लाग्न सक्ने देखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्