पर्यटक प्रवर्द्धनका लागि ऋषिङ्गको सेटाङ्गमा सामुदायिक होमस्टे सञ्चालनमा ल्याईयो

  • ख-
  • ख+

दान बहादुर श्रेष्ठ ऋषिङ्ग:ऋषिङ्ग गाउँपालिकाको वडा न १ सेटाङमा होमस्टे सञ्चालनमा ल्याइएको छ । ऋषिङ्ग १ मा बिहीबार एक कार्यक्रमका बीच प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले होमस्टेको उद्घाटन गरेका थिए । सामूदायिक सेटाङ होमस्टे नामबाट सञ्चालित होमस्टेलाई ऋषिङ्गको पर्यटन तथा सांस्कृतिक प्रवर्द्धन गराउने उदेश्यका साथ सञ्चालनमा ल्याइएको श्रेष्ठले बताए । ऋषिङ्गमा नै पहिलो सामुदायिक रूपमा सञ्चलानमा ल्याइएको यस होमस्टेले समग्र ऋषिङ्गको आतिथ्य सत्कारलाई होमस्टे मार्फत पाहुनालाई पस्किने कुरामा आफू बिश्वस्त रहेको श्रेष्ठले बताए । शुभारम्भको अवसरमा होमस्टेमा आएका पाहुनालाई स्थानीयले फूल माला सहित स्वागत गरेका थिए । कार्यक्रममा आगन्तुक पाहुनालाई स्थानिय स्तरमा नै उपलब्ध अर्गानिक मासका परिकार, गुन्द्रुक, मकै तथा कोदोको विभिन्न परिकारतथा अन्य स्थानीय स्तरमा उपलब्ध फलफूलहरुले पाहुनालाई स्वागत गरिएको होमस्टे सञ्चालक तारण आलेले जानकारी दिए । स्थानियहरुले विभिन्न सांस्कृतिक कौराह, ठाडो भाका, झ्याउरे तथा विभिन्न झाकीहरु समेत प्रस्तुत गरिएको थियो । उनका अनुसार अहिले तत्काल २० घरमा पाहुनालाई स्वागत सत्कार गर्न सकिने आलेले जानकारी दिए । हामीले होमस्टे मार्फत १०० भन्दा धेरै घरमा एकै पटक आगन्तुक पाहुनालाई सेवा सत्कार गर्ने लक्ष्यका साथ अघि बढेका छौं उनले भने । होमस्टे सञ्चालनका लागि गाउँपालिका आर्थिक सहयोग गरेको आलेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी