पत्रकार महासंघ तनहुँको अध्यक्षमा पौडेल

  • ख-
  • ख+


संजय श्रेष्ठ
दमौली: नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा उज्वल पौडेल निर्वाचित भएका छन् । प्रेस चौतारी र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनका उम्मेदवार उज्वल पौडेलले प्रेस युनियन तर्फका उम्मेदवार शेख महमद हनिफ (गोरा मिया) लाई ४ मतको अन्तरले पछि पार्दै पौडेल विजयी भएका हुन् । पत्रकार महासंघको तनहुँका कुल ११६ मतदाताहरु मध्ये १११जनाको मत खसेको थियो । जसमा पौडेलले ५७ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी युनियनका उमेदवार मियाले ५३ मत प्राप्त गरेका थिए । निर्वाचनमा प्रेस चौतारी र प्रेस मञ्च नेपालको गठबन्धनका प्यानलका अध्यक्ष र एक जना खुल्ला सदस्य बाहेक अन्य सबै पदमा प्रेस युनियन प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् । महासङ्घका उपाध्यक्षमा धनपती अधिकारीले ५६ मत पाएका थिए । भने उनका प्रतिस्पर्धी समुन्द्र पौडेलले ५२ मत प्राप्त गरे । त्यसैगरी महिला उपाध्यक्षमा अस्मिता खनालले ७४ मत ल्याएकी थिइन् भने उनकी प्रतिस्पर्धी सम्झना रसाइलीले ३५ मत प्राप्त गरेकी थिइन् । त्यसैगरी सचिव पदका उम्मेदवार प्रताप रानाले उनका प्रतिस्पर्धी कृष्णचन्द्र न्यौपानेलाई २१ मतको अन्तरले हराएका थिए । रानाको पक्षमा कुल ६६ मत खसेको थियो । खुल्ला सहसचिव उम्मेदवार प्रकाश अधिकारीले ६१ मत प्राप्त गरेका थिए भने उनका ऋषिकान्त दुवाडीले ४९ मत प्राप्त गरेका थिए । त्यसैगरी सहसचिव संजय पदकी उम्मेदवार milada राईले ६६ मत पाएकी थिइन् भने उनकी प्रतिस्पर्धी सुनिता आचार्यले ४४ मत प्राप्त गरेकी थिइन् । कोषाध्यक्ष पदका प्रत्यासी बिमला दुवाडीले ५९ मत प्राप्त गरेकी थिइन् । उनका प्रतिस्पर्धी मदन तिमल्सिनाले ५२ मत प्राप्त गरेका थिए । त्यसैगरी ए महासङ्घको खुला सदस्यहरुमा उपेन्द्र खनाल, किरण श्रेष्ठ, प्रकृति खनाल राजेश्वर हड्खले विकास खनाल बिष्णु गौतम श्री हरि पौडेल र महिला सदस्यहरुमा सुनिता थापा जनजाति सदस्यका उम्मेदवार सृजना राना, दलित सदस्यका उम्मेदवार मुना कालिराज विके निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासङ्घको बुधबार केन्द्रीय समिति, प्रदेश समिति तर जिल्ला शाखामा देशै भर एकै पटक निर्वाचन भएको थियो । जसमा प्रदेश र केन्द्रीय समितिको नतिजा भने आउन बाकी रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी