
दमौलीः बन्दीपुर गाउँपालिका–४ ठुलो ढुङगास्थित पृथ्वी राजमार्गमा भएको हाईलक्स जीप दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
पोखराबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग १ ञ ११६२ नं.को पर्यटक हाईलक्स गाडी अनियन्त्रित भएर सडक छेउमा दुर्घटना हुँदा चालक कास्की पोखरा महानगरपालिका–१४ निवासी ३९ वर्षका सुरज आचार्य र गाडीमा सवार काठमाण्डौ–३२ निवासी ६१ वर्षका राजेन्द्रध्वज किरण घाईते भएको प्रहरीले जनाएको छ ।
घाइतेको आँबुखैरेनी हाडजोर्नी अस्पतालमा उपचार भैहेको प्रहरीले जनाएको छ ।