
दमौली
कुमारी बैंकको २०औं वार्षिकोत्सवको अवसरमा दमौली शाखाले विविध सरसफाई कार्यक्रम गरेकाे छ । बैंकले व्यास नगरपालिका वडा नं ३ स्थित शिव पान्चायन मन्दिर तथा ब्यास नगरपालिका वडा नं ४ स्थित तनहुँ कालिका मन्दिर र यस अासपास सनिवार सरसफाइ गरेको दमाैली शाखा प्रमुख मनाेज पाेख्रेलले बताए ।
सामाजिक उत्तर दायित्वकाे भावनाले बैंकले सरसफाई गरी स्वास्थ्य सामाग्री समेत वितरण गरेको पाेख्रेलले बताए । ब्यास ३ मा रहेको पन्चमन्दिर क्षेत्रमा सरसफाइ गरि कोषका उपाध्यक्ष प्रेम प्रकाश भट्टराईलाई सफाई सामग्री हस्तान्तरण गरेको कर्जा शाखा प्रमुख शंकर खड्काले बताए ।
त्यसैगरी व्यास -४ स्थित तनहुं कालिका मन्दिरमा पनि सरसफाई गरी व्यास-४ का वडा अध्यक्ष श्री विश्व न्यौपाने लाई सफाई सामाग्री हस्तान्तरण गरेकाे बैंकले जनाएको छ।
यस्तै बैंकले व्यास -२ श्रीटोलमा समेत सरसफाई कार्यक्रम गरी व्यास – २ का वडा अध्यक्ष काशीराम श्रेष्ठमार्फत टोललाई सफाई सामाग्रीहरु वितरण गरेको छ । डस्बिन , झाडु , प्यान सहितको सफाइ सामग्री बैंकले उपलब्ध गराएको प्रेमप्रकाश भट्टराईले बताए ।