
दमौलीःआन्द्राको क्यान्सर भएर उपचाररत दमौलीका फोटोग्राफर विकास दरैको सहयोगार्थ उनीद्वारा खिचिएको फोटो प्रदर्शनीका क्रममा ५० वटा फोटो बिक्री भएको छ ।
व्यवसायिक फोटोग्राफर तथा संगीतमा समेत सक्रिय दरै हाल भारतमा उपचाररत छन् । क्यान्सरका कारण तीन वर्षयता थलिएका उनको उपचार सहयोगार्थ उनका सुभेच्छुकहरुले सांगितिक कार्यक्रममार्फत आर्थिक संकलन गरिरहेका छन् ।
यसैक्रममा उनले खिचेका तस्बिर समेत प्रदर्शनका क्रममा राखिएको र शुक्रबार ५० बढी तस्बिर बिक्री भएको फोटो प्रदर्शनीमा सघाएका विकासका साथी युवराज भण्डारीले बताए । ‘५० बढी फोटो बिक्रिबाट करिब एक लाख संकलन भएको छ,’ उनले भने ।
निकै बढी खर्च भएको र अझै पनि उपचार जारी रहेकाले परिवार आर्थिक समस्यामा परे पछि विकासको उपचारार्थ सहयोग जुटाउने काममा सुभेच्छुक तथा साथीहरु लागिरहेका छन् ।