
दमौली: दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरुको पदस्थापन गरिएको छ । चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको बिहिबार संस्थामा आयोजित कार्यक्रममा पदस्थापन गराइयो ।
निवर्तमान अध्यक्ष एवं व्यास नगर उप प्रमुख मिरा जोशीको उपस्थितीमा नवनिर्वाचित अध्यक्ष वृषराज श्रेष्ठ तथा सदस्यहरुको पदस्थापन गराइएको हो ।
पहिलो बैठकले अधिवेशन सफलतापूर्वक सम्पन्न गराउन सघाएको भन्दै पूर्व पदाधिकारी तथा सबै सुभेच्छुकलाई धन्यवाद दिएको छ ।
संस्थाले तीन रिक्त सदस्यमा मनोनयन तथा पदाधिकारीको जिम्मेवारी तोक्ने काम चाँडै गर्ने नवनिर्वाचित अध्यक्ष वृषराज श्रेष्ठले बताए ।