देवघाटमा कांग्रेस नेता नविन्द्रराज जोशीको अस्तु विसर्जन

  • ख-
  • ख+

पार्टीलाई अपुरणीय क्षतिः पौडेल
देवघाटः
बाक्लो कार्यकर्ताको उपस्थितीमा कांग्रेस नेता स्वर्गीय नविन्द्रराज जोशीको अस्तु विसर्जन गरिएको छ । तनहुँको देवघाटधाममा आयोजित एक धार्मिक कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत सहभागी बनेका छन् ।

उनले कांग्रेसमा निष्ठा र त्यागका प्रतिक जोशीको निधनले अपुरणीय क्षति पुगेको बताए । लामो समय निकट रहेर काम गरेको भन्दै पौडेलले निष्ठा र इमान्दारितामा विश्वास गर्ने जोशीको निधनले पार्टीलाई क्षति भएको बताए ।
‘पार्टीको संगठन र आन्दोलनका मोर्चामा उहाँको योगदान उल्लेखनीय छ,’ पौडेलले भने ।


तनहुँसहित चितवन र नवलपरासीका समेत सैयौं नेता र कार्यकर्ताको उपस्थितिकाबीच जोशीको अस्तु सात दिनको पुण्य तिथिमा विसर्जन गरिएको हो । त्यसक्रममा जोशीको आत्माको चिरशान्तिका लागि धार्मिक गुरुहरु र परिवारका सदस्यले समेत प्रार्थना गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्