म्याग्दे गाउँपालिकाकाे सार्वजनिक सुनुवाई, नागरिकको कतै गुनासा कतै धन्यवाद !

  • ख-
  • ख+

विकास खनाल म्याग्दे : म्याग्दे गाउँपालिकाकाे आर्थिक वर्ष २०७७ / ०७८ काे दाेस्राे चाैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम साेमबार थर्पुमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीहरूले विभिन्न गुनासोहरू राखेका थिए । म्याग्दे ७ का चित्र बहादुर शाहीले ताेकिएकाे समयमा कहिल्यै पनि कार्यक्रम नहुने गरेको हुँदा समयको ख्याल गर्नेगरी यसको सुरुवात गाउँपालिकाकै आयाेजनामा हुने कार्यक्रम बाट गर्न अनुरोध गरे । उनलेे बिजुलीको नाङ्गो तार जताततै अस्तब्यस्त भएको हुँदा त्यसको ब्यबस्थापन गरि दुर्घटना बाट बच्न सावधानी अपनाउन आग्रह गरे । हामीलाई आश्वासन हाेइन ब्यबहारिक रूपमा काम चाहिएको छ , उनलेे भने । वडामा टाेल गठन चाहिँ गर्ने तर अधिकार नदिने , एउटा कुचो चाहिएपनि टाेलमा नहुने , वडामै दाैडन पर्ने , यस्तो प्रावधानकाे सट्टा अधिकार पनि दिएर टाेल गठन गराउन उनलेे अनुरोध गरे । गाउँबाट काम लिएर अाएका मानिसले राम्रोसँग दाेहाेर्दैनन् , त्यस्तो बेलामा गाउँपालिकाले राम्रोसँग कुरा बुझाएर पठाउन पर्याे उनलेे अाग्रह गरे । यस्तै अर्का नागरिक डाेलबहादुर सुनारले बिद्धुतका पाेलहरू कतै ढलेका कतै नपुगेका हुँदा यसतर्फ गाउँपालिकाकाे समयमै ध्यान पुगाेस भनि अाग्रह गरे । स्थानीय नागरिक केशरबहादुर कुमालले बैदेशिक राेजगारका लागि जाने युवाहरू लाई गाउँपालिकाकाे तर्फबाट केही ब्यबस्था गरेको छ कि छैन ? भनी प्रश्न गरे । अर्को महिला आशादेवि गुरूङले भने गाउँपालिकाले गरेको कामका बारेमा सर्हाइन् । उनलेे गाउँपालिकाले साच्चिकै सबै तह तप्का र क्षेत्रमा राम्रो काम , बिकास निर्माण , महिला लक्षित कार्यक्रम गरेको भन्दै खुसि प्रकट गरिन् ।स्थानीय नागरिकहरू जुक्तराज वाग्ले , मित्रलाल श्रेष्ठ लगायतले पनि बिकास निर्माण र बिकास गतिविधिका बारेमा चासाे राखेका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मायादेवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , वडा नँ ४ का अध्यक्ष प्रेमबहादुर थापा , वडा नं ६ का अध्यक्ष वसन थापा , वडा नं ७ का अध्यक्ष पदमराज वाग्ले सहित विभिन्न बिषय शाखा प्रमुखहरूले सर्वसाधारणले उठाएका प्रश्नको जवाफ दिएका थिए । सुनुवाइ कार्यक्रममा अध्यक्ष मायादेवी रानाले राम्रो कामको प्रशंसा र नराम्रो कामको सकारात्मक सुझाव दिने बानिकाे बिकास गर्न अाम नागरिकलाई अाग्रह गरिन् । पक्षपात रहित तरिकाले सबैकाे साझा सहमतिमा सर्वसम्मत तरिकाले गाउँपालिकाले सबै काम गर्दै अाएकाे रानाले बताईन् । गाउँपालिका भित्र रहेका ८४ वटा टाेल लाई केकस्ता सेवा , सुविधा , अधिकार दिन सकिन्छ भनेर गाउँपालिकाले साेचिरहेकाे र छिट्टै यसवारेमा निर्णय गरिने उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले १ सय भन्दा बढी बैठक कार्यपालिकाकाे बसेकाे र ५० वटा कानुन गाउँपालिकाले तयार पारेको बताए । सार्वजनिक सुनुवाइ कार्यक्रमकाे सञ्चालन सहजकर्ता स्पिड साेलुसन नेपालका कुमार कञ्चन जिशिले गरेका गिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी