काठमाडौंः चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता भीम रावल छ महिनाका लागि पार्टी सदस्यबाट निलम्बित भएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान २०४९ को धारा ४९ (ख) अनुसार पार्टीका सबै जिम्मेवारी तथा पार्टी सदस्यताबाटै ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
नेताद्वयविरुद्ध पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै पार्टीले स्पष्टीकरण लिएको थियो ।