
दमौलीः तनहुँ प्रहरीले कोभिड १९ को संक्रमण फैलने क्रममा रहेको भन्दै होलीका क्रममा भिडभाड नगर्न आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै कार्यालयले संक्रमण फैलने क्रममा रहेको भन्दै होली पर्व मनाउने क्रममा घर बाहिर निस्की अनावश्यक रुपमा भिडभाड नगर्न तथा जथाभावी इच्छा विपरित रङ् तथा लोला हान्ने, र भिडभाडजन्य क्रियाकलापहरु नगर्न अनुरोध गरेको छ ।
अनुरोधलाई बेवास्ता गरी उल्लेखित कार्य गर्ने गरेमा कानून बमोजिम कारवाही हुने प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए ।
नियमविपरित होली खेलेको पाइएमा जिल्ला प्रहरी कार्यालय तनहुँको हट लाईन नम्बर १००, वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ ।