
दमौलीः दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा वृषराज श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्य समिति निर्वाचित भएको छ । शनिबार सम्पन्न चौथो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
अध्यक्षका प्रत्यासी रामचन्द्र सापकोटाले उम्मेदवारी फिर्ता लिए पछि श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् ।
अधिवेशनले कार्य समितिमा खुलातर्फ विश्वेश्वर सुवेदी, दीर्घबहादुर थापा, ओमबहादुर थापा, इन्द्रध्वज गुरुङ, माधवप्रसाद अधिकारी, क्याप्टेन जगतबहादुर बानियाँ, चिरौकाजी बतासलाई सदस्य निर्वाचित गरेको छ ।

यसैगरी, अधिवेशनबाट महिलातर्फ योगिता कायस्थ, गौकुमारी न्यौपाने, बिन्दु गुरुङ तथा सूर्यकला काफ्ले निर्वाचित भएका छन् ।
यस अघि अध्यक्षमा दुई तथा खुलातर्फ सात र महिलातर्फ छ सदस्यको उम्मेदवारी परे पछि निर्वाचन समितिले सहमतिका लागि भन्दै दुई पटक समय थप गरेको थियो ।

सहमति नभएमा दिउँसो एक बजे मतदानको तयारी गरिएकोमा त्यस अघि नै सहमति भएकाले सर्वसम्मत कार्य समिति चयन भएको निर्वाचन समिति संयोजक एवं नेपाल बार एसोसिएसन तनहुँ जिल्ला अदालत बार एकाईका अध्यक्ष अमृत नेपालीले जानकारी दिए ।
निर्वाचित भएको औपचारिक घोषणालगत्तै निर्वाचित पदाधिकारीहरु विजय ¥यालीमा सहभागी भएका थिए ।