
दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि कांग्रेस र वाम उम्मेदवारबीच प्रतिष्पर्धा हुने देखिएको छ ।
अध्यक्ष पदमा कांग्रेसले वृषराज श्रेष्ठलाई आधिकारिक उम्मेदवार बनाए पछि अरु आकांक्षी पछि हटेका थिए । तर वाम गठबन्धनका तर्फबाट रामचन्द्र सापकोटा अध्यक्षको दौडमा छन् ।
कुल चार महिला सदस्यका लागि नौ महिला तथा ७ खुला सदस्यका लागि २१ काे उम्मेदवारी परेको निर्वाचन संयोजक अमृत नेपालीले जानकारी दिए ।
उम्मेदवारी फिर्ताको समय विहान ९ बजेसम्म फिर्ता नभएमा मतदानबाट नेतृत्व चयन हुनेछ।झण्डै २५ सय मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।
सदस्यमा आकांक्षी धेरै भएकाले सहमति नभएका खण्डमा मतदान प्रक्रिया लामो हुने देखिएको छ ।