
दमौली: नेपाल बार एसोसिएसन तनहुँ जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि पाँच जना आकांक्षी देखिएका छन् ।
१९ औं शाखा अधिवेशनमा नयाँ अध्यक्ष पदका लागि पांच जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन संयोजक शिवदत्त ढकालले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष पदका लागि कृष्णहरि वाग्ले, भानुभक्त सुवेदी, सरिता थापा भण्डारी, डम्वरदेव हड्खले र हरिश्चन्द्र अर्यालको उम्मेदवारी दर्ता भएको छ ।
आकांक्षी धेरै देखिएकाले सहमतिका लागि एक दुई दिनको समय दिने र त्यसपश्चात सहमति नभएमा मतदानमार्फत नेतृत्व चयन गरिने निर्वाचन समिति संयोजक ढकालले जानकारी दिए ।
बारका पूर्व अध्यक्ष ऋषिराम पोख्रेलले अधिकतम सहमतिको प्रयास गरेर सर्वसम्मत नेतृत्व चयन गरिने जानकारी दिए ।
अधिवेशनको जिल्ला न्यायाधीश बासुदेव पौडेलले उद्घाटन गरेका थिए ।