दमौली खानेपानी चुनाव: कांग्रेसले साझा उम्मेदवार छान्ने

  • ख-
  • ख+

दमौली:दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्वमा पार्टीबाट साझा उम्मेदवार तय गर्ने सहमति भएको छ ।पार्टी कार्यालयमा बसेको कार्यदलको बैठकले कांग्रेसबाट आकांक्षी बढी देखिएको भन्दै साझा उम्मेदवार तय गर्ने सहमति गरेको छलफलमा सहभागी एक सदस्यले जानकारी दिए ।

चौथो अधिवेशनको कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले उद्घाटन गरेका थिए ।अधिवेशनमा अध्यक्ष पदका लागि मुख्य गरी नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य वृषराज श्रेष्ठ, हालका कोषाध्यक्ष बुद्धिमान श्रेष्ठ र जेसीआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनाल आकांक्षी छन् ।

अध्यक्षमा सम्भव भएसम्म उम्मेदवारी मनोनयन र नभए शनिबारको मतदान अघि नै एक जना मात्र उम्मेदवार तय गरिने ती नेताले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्