उम्मेदवारी घोषणा गर्दै वृषराजले भने,’ पैसा कमाउन हैन सेवा गर्न उम्मेदवारी ‘

  • ख-
  • ख+

दमौली:दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वृषराज श्रेष्ठले घोषणा गरेका छन् ।

दमौलीको एक होटलमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले दमौली खानेपानीको आपूर्ति बढाउन तथा पानीको सहज आपूर्तिका लागि आफू नेतृत्वमा आएमा भूमिका खेल्ने बताए । ‘ मलाई पैसा कमाउनु छैन,’ उनले भने, ‘ सम्पत्तिले मलाई पुग्यो अब सबैलाई पानी बाड्न भूमिका खोजेको हुँ ।’

श्रेष्ठले आफूले पानी अभाव गर्ने नभई सहज रुपमा वितरण गर्ने बताए । ‘ पानी सर्टेज गरेर मलाई कमाउनु छैन,’ उनले भने,’ सबैलाई अहिलेभन्दा धेरै पानी वितरण गर्ने योजना छ ।’

श्रेष्ठले लामो समय सामाजिक सेवाका क्षेत्रमा लागेर धैर्य गरेको भन्दै अब नेतृत्वको दौडबाट पछि नहट्ने बताए । ‘ सहमति गरौं भनेर कुरेको थिएँ, ‘ उनले भने,’ अब समय पनि रहेन ।’

कांग्रेस निकट आकांक्षी बढी भएको सन्दर्भमा पार्टीले कुनै पदमा सहमति गरे के हुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘ म अब पछि हट्दिन ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी