
दमौलीः व्यास ४ स्थित विद्युत सब स्टेसनमा रहेको ट्रान्सफर्मर पड्किए पछि दमौलीको विद्युतसेवा अवरुद्ध भएको छ ।
अघि साँझ अकस्मात ३० एमभिएको ट्रान्सफर्मर पड्किएकाले विद्युतसेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण दमौली वितरण केन्द्रका इञ्जिनियर रामबाबु चौधरीले बताए ।
‘ट्रान्सफर्मर पड्किएको छ,’उनले भने,‘मार्कीचोकको ट्रान्सफर्मर चार्ज गरेर विद्युत दिने प्रयास गरिरहेका छौं । रातीसम्म बिजुली आउँछ ।’