तनहुँ समाज युएईद्वारा समजुरका विद्यार्थीलाई सहयोग

  • ख-
  • ख+

भानुः तनहुँ समाज युएईले जनसहयोगी मावि भानु नगरपालिका १३ का विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पेशाक सहयोग छ ।


कार्यक्रममा संस्थाका तर्फबाट १० हजार र सोही संस्थाका प्रवक्ता भानु १३ सम्जुरका गणेश बस्नेतबाट ५ हजार र सोही स्थान घर भई हाल क्यानडा बस्ने प्रसाद गुरुङले ५ हजार सहित २० हजार बराबरको रकमबाट विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विद्यालय पोशाक हस्तान्तरण गरे ।


विद्यालयका १९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र ४ जनालाई विद्यालय पोसाक गणेश बस्नेतले विद्यार्थीलाई हस्तान्तरण गरे ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार समिति संयोजक मौलादिन शेखले सहयोगीप्रति आभार प्रकट गरे ।

सहयोगदाता गणेश बस्नेतले आफु पढेको विद्यालयमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
प्रधानध्यापक विष्णु बानियाँले सिर्जनशिल युवाहरुबाट सहयोग भएको र आउँदा दिनमा यस्ता सहयोग पाउने बताएको विद्यालयका पुर्व प्रधानाध्यापक बाबुराम खनालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्