दमौली बजार एकाईको अधिवेशन सर्यो

  • ख-
  • ख+

दमौली: तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको साधारण सभा तथा अधिवेशनको मिति सरेको छ । यसअघि २० र २१ गतेका लागि तय साधारणसभा तथा अधिवेशनको मिति परिवर्तन गरिएको हो ।

सभापति राजकुमार श्रेष्ठ राकुको अध्यक्षतामा बिहीबार बसेको एकाइ कार्यसमितिको बैठकले कार्यक्रम जुधेको भन्दै चैत्र २८ गतेका लागि साधारणसभा तथा वैशाख ४ गतेका लागि अधिवेशन गर्ने निर्णय गरेको एकाई सदस्य अन्जु दाहालले जानकारी दिइन् ।

२० गते कार्यक्रम जुधेको तथा अन्य मिति उपयुक्त नभएकाले नयाँ मिति तोकिएको एकाई सभापति श्रेष्ठले बताए ।

अब एकाईको नयाँ नेतृत्व चयन जिल्ला संघले तोकेको निर्वाचन तालिकाको दिन नै हुने भएको छ । यस अघि एकाई र संघका अधिवेशन फरक मितिमा हुने गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी