दासढुंगामा ट्रक र कार ठोकिंदा श्याम्घाका गौलीको मृत्यु

  • ख-
  • ख+

दमौलीः चितवनको दासढुंगामा ट्रक र कार ठक्कर खाँदा तनहुँ श्याम्घाका एक व्यक्तिको ज्यान गएको छ । बुधबार दिउँसो भरतपुर २९ मुग्लिन नारायणगढ सडक खण्डको दासढुङगामा ट्रक र कार ठोक्किएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा तनहुँ स्याम्घा ४ निवासी२८ वर्षका धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका बस्ने बर्ष ३१ का रामकृष्ण भुजेल छन् ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको ट्रक र विपरित दिशातर्फ गैरहेको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठक्कर खाएको थियो ।

दुर्घटनापछि कारमा सवार चालक सहित पाँचजना घाईते भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर लैजाँदै गर्दा दुई जनाको बाटोमा नै मृत्यु ज्यान गएको थियो ।


घटनामा परी घाइते कार चालक लम्जुङ मध्य नेपाल नगरपालिका ७ निवासी ४२ वर्षका पदम सापकोटा र जिल्ला स्याङजा बिरुवा गाउँपालिका ३ निवासी ४२ वर्षका प्रसाद थापा तथा तनहुं ब्यास न.पा. ६ निवासी ४० वर्षका जसमान परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी