अधिकारीलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउन माग

  • ख-
  • ख+

दमौलीः सेवा नै परम धर्म रक्षा प्रतिष्ठानले आफ्ना प्रमुख संरक्षक खेमराज अधिकारीलाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बनाउन माग गरेको छ । प्रतिष्ठानका व्यवस्थापन समिति प्रमुख दीर्घबहादुर दरैले संस्था ३१ वर्ष पुगेको अवसरमा यस्तो माग गरेका हुन् ।

देशलाई भ्रष्टाचाररहित, सुखी र समृद्ध बनाउनका लागि अधिकारीलाई प्रमुख सल्लाहकार नियुक्त गर्न उनले माग गरेका हुन् ।


११ वर्षदेखि नै दिव्यशक्ति प्राप्त व्यक्ति भएको र समस्याको समाधानमा महत्वपूर्ण योगदान दिन सक्ने दाबी गर्दै दरैले दलगत आस्थाको पछाडि नलागीकन अधिकारीलाई प्रमुख सल्लाहकार मनोनित गरे बाँकी कार्यकाल स्वर्णिम हुने जिकिर गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी