
दमौली: गण्डकी प्रदेश लोक सेवा आयोगका नवनियुक्त पदाधिकारीले सपथ ग्रहण गरेका छन् । गण्डकी प्रदेश प्रमुखको कार्यकक्षमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष स्याङजाका विष्णुप्रसाद नेपाल तथा सदस्यमा नियुक्त तनहुँकी कल्पना लम्सालले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
नेपाललाई प्रदेश प्रमुख अमिक सेरचन तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा उच्च अदालत पोखराका मुख्य न्यायधिश रमेश पोख्रेलले अध्यक्ष विष्णुप्रसाद नेपालले सपथ खुवाएका हुन् । अध्यक्ष नेपालले प्रदेश लोक सेवा आयोगका अध्यक्ष नेपालले सदस्य कल्पना लम्साललाई सपथ खुवाएका हुन् ।
यस अघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संयोजक तथा गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारी र प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली सदस्य रहेको समितिले दुई जनाको नाम नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
नेपाल यस अघिका प्रदेशका प्रमुख सचिव थिए भने लम्साल आदिकवि भानुभक्त क्याम्पस दमौलीकी सहायक प्रमुख थिइन् ।