प्रशासन भन्छ, ‘होलीमा कार्यक्रम र मेला महोत्सव नगरौं ‘ (विज्ञप्ति सहित)

  • ख-
  • ख+

दमौली: कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँले निकट होली पर्वका क्रममा भिडभाडयुक्त कार्यक्रम नगर्नका लागि आग्रह गरेको छ । पछिल्लो समय छिमेकी मुलुक हुँदै देशमा समेत कोभिड संक्रमितको संख्या बढ्दै गएको र जोखिम देखिएको भन्दै प्रशासनले होलीका क्रममा कार्यक्रम नगर्न आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालद्वारा जारी विज्ञप्तिमा क्रममा कुनैपनि मेला महोत्सव नगर्नका लागि पनि अनुरोध गरिएको छ । प्रशासनको विज्ञप्तिमा राति 10 बजे पछाडि व्यापार-व्यवसाय नगर्नका लागि समेत आग्रह गरिएको छ । यसैगरी मास्क लगाउने सैनिटाइजर प्रयोग गर्ने र सामाजिक व्यवस्थापनका लागि समेत प्रशासनले अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी