तरूण दल म्याग्दे १ मा डम्बरबहादुर आले

  • ख-
  • ख+

म्याग्दे : नेपाल तरूण दल म्याग्दे गाउँपालीका वडा नं १ काे भेलाले डम्बरबहादुर आलेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । आईतवार गठित कार्यसमितिको उपाध्यक्षमा प्रमाेद खनाल , सचिवमा महेन्द्र आले र काेशाध्यक्षमा लालबहादुर विक चयन गरिएको र बाँकी सदस्यहरू पछि चयन गरिने नवनिर्वाचित अध्यक्ष डम्बरबहादुर आलेले बताए । त्यसअघि भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालीकाका प्रवक्ता एवम् म्याग्दे १ का अध्यक्ष सिवसरण वाग्लेले तरूण हरू देशको भविस्य भएको बताए । कम्युनिस्टहरूले देशलाई अस्थिरता तर्फ धकेलिरहेकाे अवस्थामा अब काङ्ग्रेस पार्टी र त्यसमा पनि तरूण दल चनाखो हुनुपर्ने वाग्लेले बताए । तरूण युवालाई गाउँ गाउँमा संगठन बिस्तार गर्न र पार्टीलाई बलियो बनाउन लाग्न उनलेे अाग्रह गरे । कार्यक्रममा विनोद दत्त खनाल , पुष्पराज खनाल , विजयराज खनाल , विष्णु बहादुर थापा , लगायतका बक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई सफलताको सुभकामना व्यक्त गरेका थिए । दुर्गाबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमा युवा तरूणहरूकाे उल्लेख्य उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी