मनाङमा ट्रक दुर्घटना अपडेट: एकै परिवारका ३ को सहित ५को मृत्यु

  • ख-
  • ख+

मनाङ: मनाङको नासोमा ट्रक पल्टेर मर्स्याङ्दीमा खसेर भएको दुर्घटनामा ज्यान जाने पाँच पुगेका छन् । नासो गाउँपालिका ४, खोत्रोमा बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नं. ट्रक पल्टँदा ज्यान जानेको संख्या बढेको हो ।

दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी ६/७ बर्षीय लिउन गुरुङ, ३५ बर्षीया मनिषा गुरुङ र २६ बर्षीया जलकाशी गुरुङको घटनास्थलमा ज्यान गएको थियो । मृतक लिउन मनिषाको छोरा हुन् ।

मनिषा र जलकाशी दिदीबहिनी हुन् ।यसैगरी सहचालक लक्ष्मण नेपाली र अर्का यात्रु राजु विकको पनि उपचारका क्रममा ज्यान गएको छ। उकालो चढ्ने क्रममा ब्याक भएर सडकबाट करीब ४५ मिटर तल मस्र्याङ्दी नदी किनारमा पुगेर दुर्घटना भएको प्रहरीको भनाई छ ।

नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा घाइतेको उद्धार गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी