सागरको नेतृत्वमा विवेकशील साझा,नगेन्द्र सह संयोजक

  • ख-
  • ख+

दमौली: विवेकशील साझा पार्टी नेपालले तनहुँमा संगठन विस्तार गरेको छ । शनिबार सम्पन्न एक कार्यकर्ता भेलाका बीच पार्टीले सागर घिमिरेको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरेको हो । पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीको उपस्थितीमा सम्पन्न भेलाबाट गठित समिति १४ सदस्यीय छ ।

गठित समितिका सह-संयोजकमा नगेन्द्र शर्मा ढुंगाना चयन भएका छन् । यसैगरी, सदस्यहरुमा अनिद मिश्र, उत्सव अधिकारी, भानु चापागाई, कपिल ढकाल, कृष्ण थापा, अाकाश खनाल, कमल थापा तथा पुर्णकला पौडेल चयन भएका छन् ।

यसैगरी, शुशिला केसी, दीपेन्द्र थापा, विमल केसी र भुमिका बराल आचार्य छन् । विवेकशील र साझा पार्टी एकीकृत भएपछि तनहुँमा पहिलोपटक संगठन विस्तार गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्