कोरोना अपडेटः तनहुँमा २, प्रदेशमा ४० नयाँ संक्रमण

  • ख-
  • ख+

दमौलीः तनहुँको म्याग्दे र भानुका गरी दुई महिलामा कोरोनाको नयाँ संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु दुवै संक्रमितको सम्पर्कमा आएका व्यक्ति थिए ।

नयाँ संक्रमितमा म्याग्देकी २६ वर्षिया महिला र भानु ७ की ५५ वर्षिया महिला छन् । उनीहरु कन्ट्याक्ट ट्रेस पछि घरमै आइसोलेसन बसेको बताइएको छ ।


योसँगै गण्डकी प्रदेशमा पछिल्लो समय ४० नयाँ संक्रमण भेटिएको छ । नयाँ संक्रमित सबैभन्दा धेरै नवलपरासी बर्दघाट सुस्तापूर्वका १७ जना छन् । छिमेकी लमजुङको मध्य नेपाल र राईनासमा तीन नयाँ संक्रमण भेटिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी