म्याग्दे गाउँपालिकाकाे नवाैं विशेष गाउँ सभा सम्पन्न

  • ख-
  • ख+

विकास खनाल

दमौली: स्वच्छ , सभ्य , समृद्ध म्याग्देकाे अाधार : कृषि , पर्यटन र पुर्वाधार भन्ने मुल नाराका साथ म्याग्दे गाउँपालिकाकाे नवाैं विशेष गाउँसभा बैठक आइतबार सम्पन्न भएको छ । म्याग्देकाे धार्मिक पर्यटकीय स्थल कान्छि बाराहि मन्दिरमा भएको गाउँ सभाले केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ । गाउँपालिकाले दुईवटा एन समेत पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । यस्तै म्याग्दे ५ मा रहेको कान्छी वराहि मन्दिरको पर्यटन प्रवर्द्धनका लागि डिपिआर तयार पार्ने निर्णय भएको अधिकारीले बताए । गाउँसभामा अध्यक्ष मायादेवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे , वडा अध्यक्षहरू , कार्यपालिका सदस्यहरू र शाखा प्रमुखहरूकाे उपस्थिति रहेको थियो । गाउँसभामा अध्यक्ष मायादेवी रानाले राखेको एन पारित गरियोस् भन्ने प्रस्ताव गडगाहट तालिले पारित भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी